News Portal

ओली सेनाको सुरक्षाबाट बाहिरिए

१९३ पटक

काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको सुरक्षा घेराबाट बाहिरिएका छन्।

भदौ २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पद छोड्दै बालुवाटार खाली गरेका थिए। त्यसयता उनी शिवपुरीस्थित सेनाको सुरक्षामा बसोबास गर्दै आएका थिए। तर अहिले भने उनी गुन्डु क्षेत्रमा बसिरहेका छन् भन्ने जानकारी सार्वजनिक भएको छ।

आन्दोलनका क्रममा बालकोटस्थित उनको निजी घरमा आगजनी भएको थियो। यद्यपि पार्टीले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन।

यसअघि पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र झलनाथ खनाल पनि सेनाको सुरक्षाबाट बाहिरिइसकेका थिए। तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिले पनि सुरक्षा घेरामै छन्। आन्दोलनका क्रममा देउवामाथि शारीरिक आक्रमण भएपछि उनको सुरक्षा कडा पारिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...