News Portal

रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

४६७ पटक

मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः सुरु गरेको छ। केही दिनअघिको जेएनजी आन्दोलनको नाममा केही असामाजिक तत्वले नगरपालिका र वडाहरूमा घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाट गरेका थिए। सो घटनाक्रमका कारण नगरपालिकाको मुख्य प्रशासकीय भवन र चार वडा कार्यालयहरू पूर्णरूपमा क्षतिग्रस्त बनेका थिए र धेरै महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, ल्यापटप, फर्निचर लगायत सामान जलेर नष्ट भएका छन्।

अहिलेदेखि नगरपालिकाले त्रिपाल टाँगेर अस्थायी रूपमा सेवा प्रदान गर्न थालेको छ। नगरले क्षतिग्रस्त सामान हटाएर सरसफाइ थालिसकेको छ र सरसफाइमा नगरपालिकाका कर्मचारी, नगर प्रहरी र सरसफाइकर्मीहरू जुटेका छन्। सरसफाइपछि प्रशासकीय भवन तथा वडा कार्यालयहरूको पुननिर्माण तुरुन्त सुरु गरिने र त्यसका लागि विशेष नगरसभाले सोमबार निर्णय गरिसकेको नगरले जनाएको छ।

रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडीयाले वर्तमान अवस्थामा मुख्य भवन र चारवटा वडा कार्यालयबाट सेवा दिन नसकिने भएकोले अस्थायी रूपमा त्रिपाल टाँगेर सेवा सञ्चालन गरिएको बताए। प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले पनि नगरवासीलाई असुविधा नहोस् भनी त्रिपालमार्फत सेवा सुरु गरिएको स्पष्ट पारे।

उक्त घटनामा जेएनजी आन्दोलनमा शान्तिपूर्ण रूपमा सहभागी भएका युवाहरू अलग रहेको र आन्दोलनको नाममै घुसपैठ गरेर अपराध गर्ने केही व्यक्तिहरूले यस्तो विनाशकारी व्यवहार गरेको जनाइएको छ। नगरपालिकाले यस्ता कुकर्ममा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्न राज्यका सम्बन्धित निकायसँग सहकार्य गर्ने जनाइएको छ। साथै, जेएनजीका वास्तविक सहभागीहरूले पनि आन्दोलनको बदनाम गर्नेमाथि पहिचान गरी कानुनलाई सहयोग गर्ने तयारी छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...