News Portal

  • रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    ५७ पटक

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः सुरु गरेको छ। केही दिनअघिको जेएनजी आन्दोलनको नाममा केही असामाजिक तत्वले नगरपालिका र वडाहरूमा घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाट गरेका थिए। सो घटनाक्रमका कारण नगरपालिकाको मुख्य प्रशासकीय भवन र चार वडा कार्यालयहरू पूर्णरूपमा क्षतिग्रस्त बनेका थिए र धेरै महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, ल्यापटप, फर्निचर लगायत सामान जलेर नष्ट भएका छन्।

    अहिलेदेखि नगरपालिकाले त्रिपाल टाँगेर अस्थायी रूपमा सेवा प्रदान गर्न थालेको छ। नगरले क्षतिग्रस्त सामान हटाएर सरसफाइ थालिसकेको छ र सरसफाइमा नगरपालिकाका कर्मचारी, नगर प्रहरी र सरसफाइकर्मीहरू जुटेका छन्। सरसफाइपछि प्रशासकीय भवन तथा वडा कार्यालयहरूको पुननिर्माण तुरुन्त सुरु गरिने र त्यसका लागि विशेष नगरसभाले सोमबार निर्णय गरिसकेको नगरले जनाएको छ।

    रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडीयाले वर्तमान अवस्थामा मुख्य भवन र चारवटा वडा कार्यालयबाट सेवा दिन नसकिने भएकोले अस्थायी रूपमा त्रिपाल टाँगेर सेवा सञ्चालन गरिएको बताए। प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले पनि नगरवासीलाई असुविधा नहोस् भनी त्रिपालमार्फत सेवा सुरु गरिएको स्पष्ट पारे।

    उक्त घटनामा जेएनजी आन्दोलनमा शान्तिपूर्ण रूपमा सहभागी भएका युवाहरू अलग रहेको र आन्दोलनको नाममै घुसपैठ गरेर अपराध गर्ने केही व्यक्तिहरूले यस्तो विनाशकारी व्यवहार गरेको जनाइएको छ। नगरपालिकाले यस्ता कुकर्ममा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्न राज्यका सम्बन्धित निकायसँग सहकार्य गर्ने जनाइएको छ। साथै, जेएनजीका वास्तविक सहभागीहरूले पनि आन्दोलनको बदनाम गर्नेमाथि पहिचान गरी कानुनलाई सहयोग गर्ने तयारी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली सेनाको सुरक्षाबाट बाहिरिए

    काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको...

    रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः...

    हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

    काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं...

    विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

    काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न...

    सभामुख घिमिरे: संसद् विघटन नगरी समाधान खोज्नु उचित हुन्थ्यो

    काठमाडौँ, असोज २ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रै समाधान खोज्नु नै राम्रो...