News Portal

हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

४०३ पटक

काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को चर्चा निरन्तर भइरहँदै आएको छ। सुरुमा दुवै मेयरबीच मित्रता देखिए पनि पछिल्लो समय सामाजिक सञ्जालमा उनीहरूको सम्बन्ध तनावपूर्ण बनेको छ।

जेनजी आन्दोलनपछि हर्कले बालेनमाथि लगातार स्टाटस लेख्दै आलोचना गरेका छन्। उनले बालेनलाई विदेशी दलाल र एजेन्टको संज्ञा दिँदै आन्दोलनका क्रममा भएको विध्वंसमा बालेनको भूमिका प्रमुख रहेको संकेत गरेका छन्। भदौ ३० देखि हर्कले बालेनविरुद्ध १५ वटा स्टाटस सार्वजनिक गरिसकेका छन्।

यसैबीच बालेनले शान्त पार्ने प्रयास गरेका थिए। उनले हर्कलाई हतार नगर्न र स्थायी नेतृत्वको महत्व बुझ्न आग्रह गरेका थिए। तर हर्कले यसको जवाफ नदिँदै आक्रमक प्रतिक्रिया जारी राखेका छन्।

बालेनले नयाँ पार्टी खोल्ने खबर बाहिरिएपछि हर्कले फेरि आलोचना गरेका छन्। उनले बालेनलाई “देश जलाएर लुक्ने” भन्दै नयाँ पार्टी खोल्ने निर्णयप्रति शंका व्यक्त गरेका छन्।

हाल जेनजी आन्दोलन र त्यसको औचित्यबारे बहस चलिरहेको छ। हर्क–बालेन विवाद कहिँकहाँ रोकिन्छ, त्यो स्पष्ट छैन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...