News Portal

  • हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

    १८९ पटक

    काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को चर्चा निरन्तर भइरहँदै आएको छ। सुरुमा दुवै मेयरबीच मित्रता देखिए पनि पछिल्लो समय सामाजिक सञ्जालमा उनीहरूको सम्बन्ध तनावपूर्ण बनेको छ।

    जेनजी आन्दोलनपछि हर्कले बालेनमाथि लगातार स्टाटस लेख्दै आलोचना गरेका छन्। उनले बालेनलाई विदेशी दलाल र एजेन्टको संज्ञा दिँदै आन्दोलनका क्रममा भएको विध्वंसमा बालेनको भूमिका प्रमुख रहेको संकेत गरेका छन्। भदौ ३० देखि हर्कले बालेनविरुद्ध १५ वटा स्टाटस सार्वजनिक गरिसकेका छन्।

    यसैबीच बालेनले शान्त पार्ने प्रयास गरेका थिए। उनले हर्कलाई हतार नगर्न र स्थायी नेतृत्वको महत्व बुझ्न आग्रह गरेका थिए। तर हर्कले यसको जवाफ नदिँदै आक्रमक प्रतिक्रिया जारी राखेका छन्।

    बालेनले नयाँ पार्टी खोल्ने खबर बाहिरिएपछि हर्कले फेरि आलोचना गरेका छन्। उनले बालेनलाई “देश जलाएर लुक्ने” भन्दै नयाँ पार्टी खोल्ने निर्णयप्रति शंका व्यक्त गरेका छन्।

    हाल जेनजी आन्दोलन र त्यसको औचित्यबारे बहस चलिरहेको छ। हर्क–बालेन विवाद कहिँकहाँ रोकिन्छ, त्यो स्पष्ट छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...