News Portal

कोटेश्वर भाटभटेनीमा भेटिएका युवकको पहिचान, मृत्यु हुने संख्या ७४

२०५ पटक

काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ।

काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ निवासी २२ वर्षीय विकास रसाइली हुन्। शव पूरै जलेको अवस्थामा भेटिएकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो। हाल शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

यस घटनासँगै जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको प्रहरीले जनाएको छ। यसअघि ७३ जनाको मृत्यु पुष्टि भएको थियो।

यसअघि चुच्चेपाटीस्थित भाटभटेनीमा पनि जलेको अवस्थामा ७ वटा शव भेटिएका थिए। ती शव अस्थिपञ्जरको रूपमा मात्र फेला परेकाले अझै पहिचान हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...