News Portal

ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने तयारी

२३२ पटक

काठमाडौं, असोज १ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री कुलमान घिसिङले पहिलो निर्णय डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने गरेका छन्।

प्राधिकरणका तथ्यांकअनुसार करिब २४ अर्ब रुपैयाँ बराबरको बक्यौता उद्योगीहरूबाट उठ्न बाँकी छ। लोडसेडिङको समयमा प्रिमियम शुल्कमा दिइएको विद्युतको भुक्तानी उद्योगहरूले अस्वीकार गर्दा दशकभन्दा लामो विवाद झन् जटिल बन्दै गएको हो।

अघिल्ला सरकारहरूले आयोग गठन गरेर समाधान खोजे पनि टुंगो लाग्न सकेको थिएन। घिसिङ कार्यकारी निर्देशक हुँदा किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा समेत दिएको भए पनि आंशिक मात्र रकम बुझिएको थियो। हालसम्म ४६ उद्योगले पुनरवलोकनका लागि निवेदन दिएका छन् तर प्रक्रिया अघि बढ्न सकेको छैन।

उद्योगीहरू अहिले आन्दोलन र आगजनीका घटनाबाट प्रभावित भएकाले तत्कालै रकम बुझाउन नसक्ने अवस्थामा छन्। तर सरकारले धरौटी रकम घटाएर सहज बनाएको प्रक्रियाबाट समस्या समाधान हुने अपेक्षा गरिएको छ।

यो विवाद लामो समयसम्म टुंगो नलाग्दा विद्युत प्राधिकरणको वित्तीय भार थपिँदै गएको छ। डेडिकेटेड र ट्रंकलाइनतर्फ मात्र नभई सरकारबाट दिनुपर्ने अन्य २०–२२ अर्ब रुपैयाँ पनि अझै बाँकी छ।

अब मन्त्री घिसिङको निर्णायक कदमले वर्षौंदेखिको बक्यौता विवाद समाधानतर्फ अग्रसर हुन्छ कि फेरि कानुनी प्रक्रियामै अल्झिन्छ भन्ने प्रश्न भने खुलै छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...