
काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि बढाएको छ। मंगलबारदेखि सुरु भएको निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा अब शुक्रबारसम्म प्रयोग गर्न सकिनेछ।
सुरुमा दुई दिनका लागि मात्र उपलब्ध गराइएको यो सुविधा उपभोक्ताको आवश्यकता र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै थप गरिएको कम्पनीले जनाएको छ। बिहीबार एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सेवाको अवधि विस्तार भएको जानकारी दिएको हो।
यसअन्तर्गत प्रयोगकर्ताले एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा निःशुल्क लोकल कल गर्न, एसएमएस पठाउन र इन्टरनेट प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार, यस्तो कदमले हालको चुनौतीपूर्ण अवस्थामा आफ्ना आफन्तसँग निरन्तर सम्पर्कमा रहन उपभोक्तालाई सहज बनाउने उद्देश्य राखिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
