News Portal

एनसेलको निःशुल्क सेवा अवधि थप

२८४ पटक

काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि बढाएको छ। मंगलबारदेखि सुरु भएको निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा अब शुक्रबारसम्म प्रयोग गर्न सकिनेछ।

सुरुमा दुई दिनका लागि मात्र उपलब्ध गराइएको यो सुविधा उपभोक्ताको आवश्यकता र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै थप गरिएको कम्पनीले जनाएको छ। बिहीबार एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सेवाको अवधि विस्तार भएको जानकारी दिएको हो।

यसअन्तर्गत प्रयोगकर्ताले एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा निःशुल्क लोकल कल गर्न, एसएमएस पठाउन र इन्टरनेट प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार, यस्तो कदमले हालको चुनौतीपूर्ण अवस्थामा आफ्ना आफन्तसँग निरन्तर सम्पर्कमा रहन उपभोक्तालाई सहज बनाउने उद्देश्य राखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...