News Portal

जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

२७१ पटक

काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल भएको छ। पाँच हजारभन्दा बढी सहभागी रहेको कार्यक्रममा सबैभन्दा बढी समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पाएकी छन्।

काठमाडौंका मेयर बालेन्द्र साह जेनजीबीच निकै लोकप्रिय भए पनि, बैठकमा सम्पर्क गर्दा उनले फोन नउठाएको सहभागीहरुले बताएका छन्। त्यसपछि बैठकले अन्य नामतर्फ ध्यान केन्द्रित गरेको थियो।

कार्कीलाई यसअघि नै जेनजी तर्फबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो। उनले कम्तीमा एक हजार हस्ताक्षरको माग गरेकी थिइन्। तर, अहिलेसम्म उनले दुई हजार पाँच सयभन्दा बढी लिखित समर्थन संकलन गरिसकेको स्रोतको दाबी छ।

यसैगरी बैठकमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङलगायतका नाम पनि चर्चामा आएका थिए। युट्यूबर ‘र्‍यान्डम नेपाली’ अर्थात् राष्ट्रविमोचन तिमल्सिनालाई समेत उल्लेखनीय मत प्राप्त भएको छ। तर, उनले अरु कसैले जिम्मेवारी नलिएको अवस्थामा मात्रै अघि बढ्ने स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...