आज : २०२६-०६-१४, आइतबार

नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। करिब ७० जना बढी घाइते भएका छन्।

सिभिल अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीका अनुसार, मृतकको उपचारका क्रममा निधन भएको हो। मृतकको पहिचान अझै पत्ता लगाउन बाँकी रहेको छ।

प्रहरीले प्रदर्शन नियन्त्रण गर्न गोली चलाएको बताइएको छ। प्रदर्शनकारीहरू सरकारले लागु गरेको नीतिविरुद्ध सडकमा उत्रिएका थिए।