News Portal

हाम्रो पात्रोले सुरु गर्‍यो दर्ता प्रक्रिया, मेटालाई पठाइयो आवश्यक विवरण

२८६ पटक

काठमाडौं, भदौ १९ – नेपालमा दर्ता नभएका कारण सरकारले निष्क्रिय सूचीमा राखेका एप्समध्ये ‘हाम्रो पात्रो’ ले दर्ता प्रक्रिया अघि बढाएको छ।

सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार, हाम्रो पात्रो प्लेटफर्मले बिहीबार मन्त्रालयमा दर्ताका लागि औपचारिक निवेदन पेस गरेको हो। सोही क्रममा मन्त्रालयले फेसबुक कम्पनी मेटालाई पनि नेपालका कानुनअनुसार आवश्यक विवरणसहितको सूची पठाएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले मेटाले मागेका कागजातसम्बन्धी अनौपचारिक जानकारी आदान–प्रदान भएको बताउँदै नेपालमा सञ्चालन हुन दर्ता अनिवार्य हुने प्रष्ट पारे।

यसअघि सरकारकाे निर्देशनअनुसार दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई फेसबुक, हाम्रो पात्रो सहित २६ वटा अनदर्ता प्लेटफर्म दर्ता नभएसम्म सेवा बन्द गर्न पत्राचार गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...