News Portal

गल्छीबाट १० किलो गाँजासहित युवक पक्राउ

३१९ पटक

काठमाडौं, भदौ १३ – धादिङको गल्छी गाउँपालिका–६ बाट प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे कार्की डाँडाबाट महेश दोभानतर्फ आउँदै गरेको स्कुटर जाँच गर्दा १० किलो २४० ग्राम गाँजा फेला परेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ बस्ने २९ वर्षीय सञ्जय केसी रहेका छन्। उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास हमालले बरामद गाँजासहित युवकलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...