News Portal

  • गल्छीबाट १० किलो गाँजासहित युवक पक्राउ

    १६१ पटक

    काठमाडौं, भदौ १३ – धादिङको गल्छी गाउँपालिका–६ बाट प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे कार्की डाँडाबाट महेश दोभानतर्फ आउँदै गरेको स्कुटर जाँच गर्दा १० किलो २४० ग्राम गाँजा फेला परेको हो।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ बस्ने २९ वर्षीय सञ्जय केसी रहेका छन्। उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास हमालले बरामद गाँजासहित युवकलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...