News Portal

अब बागमती प्रदेशमै छापिने लाइसेन्स

२६२ पटक

हेटौंडा, भदौ १३ – बागमती प्रदेश सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै स्तरबाट छापेर वितरण गर्ने तयारी गरेको छ।

श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रदेश सरकारले प्रतिघण्टा १५० वटा कार्ड छाप्न सक्ने पाँचवटा अत्याधुनिक प्रिन्टर खरिद गरिसकेको छ। आवश्यक प्राविधिक प्रक्रिया सकिएलगत्तै एक महिनाभित्रै लाइसेन्स वितरण थालिने उनले बताए।

संघीय सरकारले प्रदेशलाई लाइसेन्स छाप्ने अधिकार दिएपछि बागमती सरकारले करिब पाँच करोड रुपैयाँ खर्च गरेर मेसिन खरिद गरेको हो। यसअघि विभागले कार्ड छाप्न नसक्दा हजारौं सेवाग्राही लामो समयदेखि लाइसेन्स पर्खिन बाध्य थिए। प्रदेशमा मात्रै करिब १२ लाख थान लाइसेन्स कार्ड अझै बाँकी रहेको तथ्याङ्क छ।

नयाँ मेसिन सञ्चालनमा आएपछि दैनिक ठूलो संख्यामा लाइसेन्स छाप्न सकिने भएकाले वर्षौदेखि पर्खिरहेका सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यसका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यसबाहेक, प्रदेश सरकारले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (EDLS) र भेइकल रेजिष्ट्रेसन सिस्टम (VRS) समेत सञ्चालनमा ल्याइसकेको छ। अनलाइनमार्फत आवेदन दिन, परीक्षणको नतिजा हेर्न र कार्ड प्रिन्टिङसम्म सहज हुने यस प्रणालीले ढिलासुस्ती र अनियमितता नियन्त्रण हुने विश्वास मन्त्री थापाले व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेतको कार्यक्रम विवादमा

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...