News Portal

अब बागमती प्रदेशमै छापिने लाइसेन्स

३३१ पटक

हेटौंडा, भदौ १३ – बागमती प्रदेश सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै स्तरबाट छापेर वितरण गर्ने तयारी गरेको छ।

श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रदेश सरकारले प्रतिघण्टा १५० वटा कार्ड छाप्न सक्ने पाँचवटा अत्याधुनिक प्रिन्टर खरिद गरिसकेको छ। आवश्यक प्राविधिक प्रक्रिया सकिएलगत्तै एक महिनाभित्रै लाइसेन्स वितरण थालिने उनले बताए।

संघीय सरकारले प्रदेशलाई लाइसेन्स छाप्ने अधिकार दिएपछि बागमती सरकारले करिब पाँच करोड रुपैयाँ खर्च गरेर मेसिन खरिद गरेको हो। यसअघि विभागले कार्ड छाप्न नसक्दा हजारौं सेवाग्राही लामो समयदेखि लाइसेन्स पर्खिन बाध्य थिए। प्रदेशमा मात्रै करिब १२ लाख थान लाइसेन्स कार्ड अझै बाँकी रहेको तथ्याङ्क छ।

नयाँ मेसिन सञ्चालनमा आएपछि दैनिक ठूलो संख्यामा लाइसेन्स छाप्न सकिने भएकाले वर्षौदेखि पर्खिरहेका सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यसका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यसबाहेक, प्रदेश सरकारले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (EDLS) र भेइकल रेजिष्ट्रेसन सिस्टम (VRS) समेत सञ्चालनमा ल्याइसकेको छ। अनलाइनमार्फत आवेदन दिन, परीक्षणको नतिजा हेर्न र कार्ड प्रिन्टिङसम्म सहज हुने यस प्रणालीले ढिलासुस्ती र अनियमितता नियन्त्रण हुने विश्वास मन्त्री थापाले व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...