News Portal

७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

२४० पटक

काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार भट्टराईले युवतीलाई करिब ७ सय पटक म्यासेज पठाएका छन्। उनले ईसेवामार्फत १ रुपैयाँको रिचार्ज गरेर पनि म्यासेज पठाउँदै पीडितलाई सताएका थिए।

युवतीले सुरुमा साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। तर प्रमाण पर्याप्त नभएको भन्दै उनीहरूलाई स्थानीय प्रहरीमा जान सल्लाह दिइएको थियो। त्यसपछि पीडितले कालिमाटी प्रहरी वृत्तमा जाहेरी दिएकी हुन्।

भट्टराई तार्केश्वर नगरपालिका–१० स्थित मनमैजुमा बस्दै आएका शिक्षक हुन्। उनलाई अहिले अभद्र व्यवहार सम्बन्धी अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले यस घटनाको थप अनुसन्धान जारी राखेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...