News Portal

रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

२६५ पटक

रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार कीर्तिपुरस्थित वर्न अस्पतालले बुधबार साँझ करिब ६ बजे पासवानलाई मृत घोषणा गरेको हो।

माधवनारायण नगरपालिका–२ मुडबलवाका ३० वर्षीय पासवान बुधबार बिहान आफ्नै घर नजिक मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेका थिए। स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि गम्भीर घाइते अवस्थामा उनलाई तत्काल रौतहटको बेटर नेपाल अस्पताल पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिए पनि वर्न अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

गत शनिबार बेलुकी रुबी साहको हत्या भएको थियो भने भोलिपल्ट आइतबार बिहान सडक किनारमा फालिएको सुटकेसभित्र उनको शव फेला परेको थियो। हत्या प्रकरणमा पासवानलाई प्रमुख आरोपीका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। पासवानको मृत्यु भएपछि यो घटनाको अनुसन्धान प्रक्रियामा नयाँ मोड आउने देखिएको प्रहरीको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...