News Portal

रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

३३१ पटक

रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार कीर्तिपुरस्थित वर्न अस्पतालले बुधबार साँझ करिब ६ बजे पासवानलाई मृत घोषणा गरेको हो।

माधवनारायण नगरपालिका–२ मुडबलवाका ३० वर्षीय पासवान बुधबार बिहान आफ्नै घर नजिक मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेका थिए। स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि गम्भीर घाइते अवस्थामा उनलाई तत्काल रौतहटको बेटर नेपाल अस्पताल पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिए पनि वर्न अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

गत शनिबार बेलुकी रुबी साहको हत्या भएको थियो भने भोलिपल्ट आइतबार बिहान सडक किनारमा फालिएको सुटकेसभित्र उनको शव फेला परेको थियो। हत्या प्रकरणमा पासवानलाई प्रमुख आरोपीका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। पासवानको मृत्यु भएपछि यो घटनाको अनुसन्धान प्रक्रियामा नयाँ मोड आउने देखिएको प्रहरीको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...