News Portal

मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

१९८ पटक

विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्।

बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधा भट्टराई (राधिका भनेर चिनिने) सोमबार बिहान कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएको जेलर गौरव ढुङ्गेलले जानकारी दिए। उनले सलको पासो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

भट्टराईले २०८० साल माघको पहिलो सातातिर आफ्ना दुई छोरा र एक छोरीलाई लिएर सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हाम फालेकी थिइन्। स्थानीयले उनलाई र उनका दुई छोरालाई सकुशल उद्धार गरेका थिए भने ६ वर्षीया छोरीको मृत्यु भएको थियो।

उक्त घटनापछि प्रहरीले माघ ५ गते उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। अनुसन्धानपछि जिल्ला अदालत सुनसरीले माघ २३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको र त्यसअनुसार उनलाई कारागार चलान गरिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...