News Portal

रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप एक व्यक्ति पक्राउ

३१७ पटक

बुटवल, भदौ ६ – रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र वितरण गर्ने कारोबारमा संलग्न एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन्। उनीलाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो।

डिएसपी सुरज कार्कीका अनुसार कँडेल रास्वपाको बागमती प्रदेश समिति सल्लाहकार हुन्। उनले चितवनको लायन्स चोकमा रहेको कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए र सो संस्थाका अध्यक्ष समेत हुन्।

यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्क स्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए। यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकर बरामद भएको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीले अन्य संलग्न व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...