News Portal

मिटरब्याज धन्दामा संलग्न कविराज कटुवाल पक्राउ

२३६ पटक

ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कटुवाललाई ललितपुर प्रहरीले भदौ ३ गते साँझ मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको हो। हाल उनी सुकेधारा बस्दै आएका थिए।

प्रहरीका अनुसार कटुवालले करिब चार वर्षअघि बौद्धमा रेडिमेड कपडा र जुत्ता व्यापार गर्ने एक युवकसँग चिनजान बढाएका थिए। व्यवसाय विस्तार गर्ने नाममा उनले सो युवकलाई किस्ताबार १ करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए। तर ऋण फिर्ता गर्ने क्रममा पीडितले २०२३ देखि २०२५ सम्ममा करिब ४ करोड ८६ लाख रुपैयाँ बुझाए पनि अझै रकम मागिरहेको उजुरी परेको छ।

यही क्रममा गत साउन २२ गते कटुवालले पीडितको बा२०च ५२० नम्बरको क्रेटा गाडी कब्जा गरेको र धम्की दिएर ५ लाख ५० हजारको चेक समेत लिएको आरोप छ।

अनुसन्धानमा कटुवालले प्रत्यक्ष नगद मात्र नभई विभिन्न आठजनाको बैंक खातामार्फत समेत रकम असुलेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। एभरेष्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंकलगायतका विभिन्न वित्तीय संस्थामा करोडौं रुपैयाँ डिपोजिट भएको देखिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार कटुवालविरुद्ध अनुचित लेनदेन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। तर, कटुवालले भने आफ्नो खातामा वा आफन्तको खातामा जम्मा भएको रकमबारे आफूलाई जानकारी नभएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...