News Portal

गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा संलग्न अर्काको पनि निधन

१९७ पटक

गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । करिब ४३ वर्षका लामा सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए ।

बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोभन्दा करिब १ सय ५० मिटर तल बुट्यानमा उनको शव देखिएको गोरखा प्रहरीका डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसबीच, लामाको खोजीमा संलग्न रहेका स्थानीय हिसे दोर्जे आफन्तलाई खबर गर्न जाने क्रममा भिरबाट खस्दा ज्यान गुमाउन पुगेका छन् । “लामाको शव भेटिएको सूचना दिन जाँदै गर्दा दुर्घटनामा परेर घटनास्थलमै निधन भएको छ,” डिएसपी सुवेदीले बताउनुभयो ।

घटनास्थल सदरमुकाम गोरखाबाट करिब दुई दिनको पैदल दुरीमा पर्छ । प्रहरी निरीक्षक सरोज कार्कीको नेतृत्वमा अतिरिक्त टोली थप अनुसन्धानका लागि त्यहाँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...