News Portal

गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा संलग्न अर्काको पनि निधन

२८१ पटक

गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । करिब ४३ वर्षका लामा सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए ।

बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोभन्दा करिब १ सय ५० मिटर तल बुट्यानमा उनको शव देखिएको गोरखा प्रहरीका डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसबीच, लामाको खोजीमा संलग्न रहेका स्थानीय हिसे दोर्जे आफन्तलाई खबर गर्न जाने क्रममा भिरबाट खस्दा ज्यान गुमाउन पुगेका छन् । “लामाको शव भेटिएको सूचना दिन जाँदै गर्दा दुर्घटनामा परेर घटनास्थलमै निधन भएको छ,” डिएसपी सुवेदीले बताउनुभयो ।

घटनास्थल सदरमुकाम गोरखाबाट करिब दुई दिनको पैदल दुरीमा पर्छ । प्रहरी निरीक्षक सरोज कार्कीको नेतृत्वमा अतिरिक्त टोली थप अनुसन्धानका लागि त्यहाँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...