News Portal

विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

१४५ पटक

काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएर विभिन्न परियोजना र बाँकी भुक्तानीमा खर्च गर्न सुरु गरेको छ। अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्बसम्म ऋण लिन अनुमति दिएको थियो, जसको पहिलो चरणमा ५ अर्ब निकासा गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, “अर्थ मन्त्रालयबाट स्वीकृत ५ अर्ब रुपैयाँ अहिले भुक्तानी र ठेक्का तिर्न प्रयोग भइरहेको छ। आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब ऋणका लागि अनुरोध गरिएको छ।”

शाक्यले बताएअनुसार, देशभर गुणस्तरीय विद्युतीकरण र प्रसारण लाइनको क्षमता वृद्धि गर्न पर्याप्त लगानी आवश्यक भएकाले ऋण लिनु अपरिहार्य भएको हो। ब्याजदर ५.३८ प्रतिशत रहेको र यो न्यूनतम दरमा उपलब्ध भएकोले प्राधिकरणका लागि सहज अवस्था रहेको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...