News Portal

गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

३१४ पटक

काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी अखेर प्रहरीको फन्दामा परेका छन्। उनी भारत भाग्ने क्रममा पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको हो।

प्रहरी अनुसन्धान अनुसार, २७ साउनमा डिभोर्सको अन्तिम छलफल गर्न भन्दै सन्तोषले श्रीमती ललिता बिकलाई गोंगबु मित्रनगरस्थित कोशी होटल एन्ड लजमा बोलाएका थिए। तर, करिब दुई–तीन घण्टासम्मको वादविवादपछि सन्तोषले घाँटी थिचेर ललिताको हत्या गरेका थिए। त्यसपछि शवलाई कोठा नम्बर २०१ को बक्स पलङभित्र लुकाएर उनी एक्लै होटलबाट बाहिरिएको दृश्य सीसीटीभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ।

ललिता हराएको भन्दै उनका भाइ मोतिरामले २८ साउनमा प्रहरीमा निवेदन दिएका थिए। त्यही क्रममा सन्तोष आफैंले पनि परिवारसँग खोजतलासमा साथ दिएको अभिनय गरेका थिए। तर, ३० साउनको रात होटलको कोठाबाट दुर्गन्ध फैलिएपछि सञ्चालकले प्रहरीलाई खबर गरिन् र कोठा खोल्दा बक्स पलङभित्र ललिताको शव फेला पर्‍यो।

दुवैबीच दुई वर्षअघि विवाह भएको थियो। तर, पछिल्लो समय सन्तोषको अर्को महिलासँगको सम्बन्धका कारण वैवाहिक जीवन तनावपूर्ण बनेको अनुसन्धानले देखाएको छ। यही कारण लगातारको कलहबीच उनीहरूले सम्बन्ध विच्छेद गर्ने सहमति समेत गरेका थिए।

पक्राउ परेका सन्तोषले प्रारम्भिक बयानमा झगडा चर्किएपछि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको स्वीकारेका छन्। साथै, हत्यापछि आफैंले परिवारलाई प्रहरीमा हराएको उजुरी दिन लगाएको समेत बताएका छन्।

प्रहरीले यो घटनालाई योजनाबद्ध हत्या मानेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...