News Portal

गोङ्गबु गेस्ट हाउसमा पत्नीको हत्या गर्ने युवक पर्साबाट पक्राउ

१८९ पटक

काठमाडौँ, भदौ १ – राजधानीको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

साउन २७ गते राति सेन्चुरीले पत्नी ललिता विकलाई ‘घुम्न जाऔँ’ भन्दै कञ्चन कोशी होटल एन्ड लजमा लगेका थिए। त्यही क्रममा उनले २७ वर्षीया पत्नीको हत्या गरी शवलाई पलङमुनि लुकाएर होटलबाट भागेका थिए।

घटना लुकाउन उनले भोलिपल्टै अर्थात् साउन २८ गते महाराजगञ्ज प्रहरी वृत्तमा ‘मानिस हराएको’ भनी निवेदन समेत दिएका थिए। तर, प्रहरीको निरन्तर खोजीका क्रममा साउन ३० गते राति गेस्ट हाउसमा ललिता विकको शव फेला परेपछि घटनाको वास्तविकता खुल्न आएको हो।

पक्राउ परेका सेन्चुरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँदै गरेको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...