News Portal

नेपालगञ्जमा लागुऔषध कारोबार गर्ने चार जना पक्राउ, प्रहरीसँग झडपमा एक घाइते

२०६ पटक

नेपालगञ्ज, साउन ३० – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। घटनामा प्रहरी र पक्राउ परेका व्यक्तिहरूबीच झडप हुँदा एकजना घाइते भएका छन्।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्ज शाखाको टोलीले शंका लागेर उनीहरूको घरमा खानतलासी गर्ने क्रममा प्रहरीले नियन्त्रण कायम राख्न गोली चलाएको हो। झडपमा प्रहरीमाथि इँटा प्रहार भएको थियो। कार्त्तिककुमारको दायाँ खुट्टामा गोली लागेको र उनको उपचार अस्पतालमा भइरहेको बताइएको छ।

प्रहरीले घटनास्थलबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...