News Portal

धरहरा टपरी ममलाई २ लाख जरिवाना, ममभित्र धातुको औंठी फेला

३५८ पटक

काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा २ लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगरको नियमित बजार अनुगमनका क्रममा बिक्री वितरणका लागि तयार पारिएको ममभित्र धातुको औंठी फेला परेको र ममको गुणस्तर तोकिएको मापदण्डअनुसार नभएको प्रमाणित भएपछि कारबाही गरिएको हो।

महानगरको कृषि तथा खाद्य विभागका प्रमुख तथा निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार यस व्यवसायले यसअघि पनि पटक–पटक स्वच्छता र गुणस्तरसम्बन्धी निर्देशन उल्लङ्घन गर्दै आएको पाइएको छ। बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम जरिवाना तोकिएको उनले बताए।

महानगरले व्यवसायीलाई सात दिनभित्र बैङ्क मार्फत जरिवाना रकम बुझाई त्यसको प्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, आगामी दिनमा तोकिएको मापदण्डअनुसार मात्र उत्पादन र बिक्री वितरण गर्ने व्यवस्था मिलाउन चेतावनीसमेत दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...