News Portal

पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

३५४ पटक

काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने गिरोहमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ–१२, कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल–६ स्थायी घर भई काठमाडौं महानगर–७, गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

प्रहरीको विवरणअनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले यस कार्यमा सहयोग गर्ने गर्थे। पक्राउको क्रममा ठाकुरको साथबाट प्लास्टिकको पोकोमा राखिएको हड्डीको धुलो र खरानीजस्तो देखिने वस्तु बरामद भएको छ।

यसअघि गणेशप्रसाद ढकाल उर्फ जीवनाथ ढकाल र विनायक मैनालीलाई पनि शवबाट हड्डी निकालेर बेचेको आरोपमा नियन्त्रणमा लिइसकिएको थियो। उनीहरू २३ साउनमा आर्यघाट–२ नम्बर चितामा जलिरहेका शवबाट हड्डीसहितको खरानी निकालेर बेच्दै गर्दा पक्राउ परेका थिए।

प्रहरीले चारै जनालाई वृत्त गौशालामा राखेर थप अनुसन्धान जारी राखेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...