News Portal

डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

२२८ पटक

काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू बढ्दै गएको भन्दै यसलाई समाधान गर्न सरकारले तत्काल र प्रभावकारी पहल गर्नुपर्ने सुझाव दिनुभएको छ।

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीबार सानेपामा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रममा देउवाले प्रविधिले कामको गति र सहजता वृद्धि गरे पनि केही क्षेत्रमा यसले नकारात्मक असर पारेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवामा डिजिटल प्रविधिको जिम्मेवार र प्रभावकारी प्रयोग अपरिहार्य रहेको जोड दिनुभयो।

सभापति देउवाले कांग्रेस नेतृत्वको सरकारको पहलमा बनेका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमले देशका दुर्गम बस्तीहरूमा समेत प्रविधिको पहुँच पुर्याएको दाबी गर्नुभयो। तर प्रविधिको क्षेत्रमा अझै थुप्रै सुधार र विकासका काम गर्न बाँकी रहेको पनि उहाँको भनाइ छ।

उहाँका अनुसार डिजिटल प्लेटफर्मको सचेत, नैतिक र जिम्मेवार प्रयोगमार्फत मात्र व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासलाई टेवा पु¥याउन सकिन्छ। कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सकारात्मक सामाजिक रूपान्तरणको पक्षमा रहने पनि देउवाले स्पष्ट पार्नुभयो।

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...