News Portal

लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

१९८ पटक

काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा तातिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले यसलाई “पूर्ण रूपमा हावादारी हल्ला” भन्दै खारेज गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले देशका केही सिमित क्षेत्रमा मात्र विद्युत् आपूर्ति विस्तारको काम भइरहेको भए पनि, समग्र मुलुकभर सहज र नियमित रूपमा विद्युत् वितरण भइरहेको स्पष्ट पारे।

“हामीले सुधारलाई तीव्र गतिमा अघि बढाएका छौं, उत्पादनमा निरन्तरता दिएका छौं । यस्तो अवस्थामा लोडसेडिङको कुरा गर्नु बेकार हो,” मन्त्री खड्काले सभामुखमार्फत सदनलाई जानकारी दिए।

उनका अनुसार हाल नेपालले १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ। यसरी झन्डै पाँच अर्ब रुपैयाँ बराबरको मुनाफा देशले आर्जन गरिरहेको उनले उल्लेख गरे।

मन्त्री खड्काले अझै केही दुर्गम क्षेत्रमा विद्युत् पुर्‍याउने काम बाँकी रहेको स्वीकार गर्दै, ती स्थानहरूमा पनि छिट्टै नियमित आपूर्ति सुनिश्चित गरिने प्रतिबद्धता जनाए।

 

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...