News Portal

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

२३१ पटक

काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिँदै आफ्नो कार्यकालको अन्त्य गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा रोष्ट्रमबाटै राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखसमक्ष औपचारिक पत्र बुझाएर निर्णयलाई कार्यान्वयनमा ल्याएका हुन्।

राजीनामा पत्रमा खतिवडाले लेखेका छन्– “मिति २०८२ साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरिसकेको छु। सो निर्णयअनुसार आजैदेखि लागू हुने गरी पदबाट राजीनामा गरेको जानकारी गराउँछु।”

यससँगै खतिवडाको सभापतिको जिम्मेवारी औपचारिक रूपमा समाप्त भएको छ भने समितिको नेतृत्व अब नयाँ व्यक्तिले सम्हाल्ने भएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...