News Portal

सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

२५८ पटक

काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक प्रतिशोध भएको भन्ने आरोपलाई कडा रूपमा खण्डन गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यो विषयलाई राजनीतिकरण गर्न खोज्नेहरूलाई जवाफ दिँदै अदालतको कानुनी प्रक्रिया स्वतन्त्र रूपमा चलिरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीका अनुसार सहकारीको नाममा अर्बौंको रकम हिनामिना गर्ने पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायतका सयौं व्यक्तिमाथि अदालतमा मुद्दा दर्ता भइसकेको छ र उनीहरू कानुनी आदेशअनुसार थुनामा छन्। “यदि एक व्यक्तिमाथि मात्र प्रतिशोध भएको हो भने, अरु सबैमाथि के भएको हो? अदालतले सबैलाई प्रतिशोधकै नाममा थुनामा राखेको हो र? सत्तापक्षका मान्छे पनि थुनिएका छन्, के त्यो पनि सरकारले नै गराएको हो?” प्रधानमन्त्री ओलीको प्रश्न थियो।

उनले भीडको नाममा न्यायको हत्या गर्न खोज्ने प्रवृत्ति खतरनाक भएको चेतावनी दिए। “भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं मागिनेछ,” उनले भने, “यस्ता प्रवृत्तिको पछि लागेर दौडिने भिड अचम्मको मात्रै होइन, दया लाग्ने खालको हुन्छ।”

प्रधानमन्त्री ओलीले सहकारी घोटालामा संलग्नहरूविरुद्ध अदालतले स्वतन्त्र र निष्पक्ष रूपमा कारबाही गरिरहेको दोहोर्‍याउँदै, एक व्यक्तिलाई लक्षित गरी ‘राजनीतिक प्रतिशोध’ भन्ने कथा निर्माण गर्न खोज्नु न्याय र सत्य दुबैको अपमान भएको टिप्पणी गरे।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...