News Portal

रवि लामिछानेलाई न्यूनतम सुविधा प्राप्त, कारागार सार्ने प्रक्रिया जारी : गृहमन्त्री लेखक

२६० पटक

काठमाडौँ, साउन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीले पाउने न्यूनतम सुविधा उपलब्ध गराइएको गृहमन्त्री रमेश लेखकले बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा गृहमन्त्री लेखकले स्पष्ट पारे, लामिछानेलाई वञ्चित गरिएको कुनै अवस्था नभएको हो।

लेखकका अनुसार, लामिछानेलाई छुट्टै कोठामा राखिएको छ र कारागार प्रशासनले कुनै समस्या छ कि भनेर निरन्तर सोधखोज गरिरहेको छ। “माननीय रवि लामिछानेजी रुपन्देही कारागारमा हुनुहुन्छ। उहाँलाई न्यूनतम सुविधा प्रदान गरिएको छ र कुनै विशेष सुविधा दिइएको होइन,” उनले भने।

गृहमन्त्री लेखकले कारागारको वर्तमान अवस्था र मानव अधिकार आयोगबाट प्राप्त रिपोर्टलाई ध्यानमा राख्दै, सुरक्षालाई मध्यनजर गर्दै कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनी भन्छन्, “जेलहरू अहिले कन्जेस्टेड छन्। त्यसैले उहाँलाई सानो भए पनि अलग्गै कोठामा राखिएको छ। तर यसले न्यूनतम सुविधाबाट वञ्चित गरेको अर्थ होइन। कारागार सार्ने काम सहमतिअनुसार अघि बढिरहेको छ।”

यसै क्रममा, गृहमन्त्रीले कारागार प्रशासनसँग लगातार सम्पर्कमा रहेर समस्याहरू समाधान गर्ने प्रयास भइरहेको पनि बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...