News Portal

रवि लामिछानेलाई तत्काल काठमाडौं सार्नुपर्छ : अध्यक्ष लिङ्देनको सरकारलाई आग्रह

३५२ पटक

बुटवल, साउन २८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्न सरकारसमक्ष कडा आग्रह गरेका छन्।

सुप्रिक सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि भैरहवास्थित जिल्ला कारागारमा थुनामा रहेका लामिछानेलाई मंगलबार प्रत्यक्ष भेट्न कारागार पुगेका अध्यक्ष लिङ्देनले कारागारको सुविधा र सुरक्षाको अवस्था दुवै दृष्टिले उपयुक्त नभएको निष्कर्ष निकाल्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन्।

लिङ्देनले भने, “देशको एउटा महत्वपूर्ण दलको सभापतिलाई थुनामा राख्दा न्यूनतम सुविधा र आफूले रोजेको कारागारमा बस्ने अधिकार दिनु पर्छ। तर, सरकार त्यसबाट वञ्चित गराउँदै आएको देख्दा दुःख लाग्छ।” उनले काठमाडौंमा सार्दा मात्र उचित र सुरक्षित हुने ठहर व्यक्त गरे।

यसअघि, लामिछानेको स्थानान्तरणसम्बन्धी निवेदनमा अदालतले काठमाडौं पठाउने आदेश दिइसके पनि गृह प्रशासनले काठमाडौंमा समेत उनीविरुद्ध मुद्दा रहेको कारण देखाउँदै सरुवा प्रक्रिया रोकेको छ।

सन् १९५० मा बनेको रुपन्देही जिल्ला कारागार अहिले क्षमताभन्दा झण्डै तीन गुणा बढी, ६२४ जना कैदीबन्दी र थुनुवासहित भीडमा चलिरहेको छ। कारागारका प्रमुख सुरेश भण्डारीका अनुसार, कैदी चाप भए पनि रविलाई भने छुट्टै कोठामा राखिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...