News Portal

राजनीतिक दबाब नभई व्यक्तिगत कारणले पद त्यागेको खतिवडाको भनाइ

३८२ पटक

काठमाडौं, साउन २७ – नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले आफ्नो राजीनामा कुनै पनि राजनीतिक दबाबका कारण नभई व्यक्तिगत निर्णयका आधारमा भएको बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी नेतृत्वले उनलाई पदमा रहन आग्रह गरे पनि अन्ततः आफ्नो मन नमान्दा पद त्याग गरेको बताए। उनका शब्दमा, “पार्टीले हिजोसम्म पनि बस्नुपर्छ भनेको थियो, सभापतिजीले समेत पदमा रहन भन्नुभएको थियो, तर मनले नमान्दा मैले राजीनामा दिएँ।”

खतिवडाले समिति गठन भएको प्रारम्भिक दिनमै सरकारी सवारीसाधन फिर्ता गरिसकेको स्मरण गर्दै, आफ्नो निर्णय कुनै असहमति वा दबाबको परिणाम नभई व्यक्तिगत धारणा र आत्मनिर्णयको आधारमा भएको स्पष्ट पारे।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...