News Portal

कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

४२० पटक

काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। संसदको बैठकमै उभिएर उनले राजीनामाको घोषणा गर्दै आफ्नो अडान, विवादको पृष्ठभूमि र व्यक्तिगत धारणा खुलाएका थिए।

निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि अवकाशपछि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ अनिवार्य गर्ने प्रावधान समितिबाट सर्वसम्मत पारित भए पनि अन्तिम प्रतिवेदनमा गम्भीर त्रुटि देखिएको संसदीय छानबिन समितिको निष्कर्षसँगै खतिवडा विवादमा तानिएका थिए। प्रतिवेदनमा त्रुटि देखिएपछि नैतिक जिम्मेवारीस्वरूप पद त्यागेको उनले स्पष्ट पारे।

उनका अनुसार प्रतिवेदनको तयारीमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीको प्रत्यक्ष संलग्नता भए पनि अन्तिममा गहिरिएर नहेर्नु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन्। “यो त्रुटि समितिको सामूहिक हो, मात्र मेरो होइन,” खतिवडाको भनाइ थियो।

खतिवडाले राष्ट्रिय सभामा एमालेका तर्फबाट ‘कुलिङ अफ पिरियड’ हटाउने संशोधन प्रस्ताव आएको स्मरण गर्दै गठबन्धनको अडान अझै बलियो रहेको र अन्ततः दुई वर्षको प्रावधानसहित विधेयक पारित हुने विश्वास व्यक्त गरे।

राजीनामाको घोसणासँगै उनले आफू “कूटिल राजनीतिको सिकार” भएको आरोप पनि लगाए। “जसले कुलिङ अफ पिरियड चाहिन्छ भनेर अडिग रह्यो, उसलाई नै दोषी देखाउने प्रयास भइरहेको छ,” उनले भावुक हुँदै भने। संसदीय छानबिन प्रतिवेदनले कारबाहीको सिफारिस नगरेको र दोषी नठहर्याएको दाबी गर्दै उनले थपे, “जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था समितिको सभापतिबाट हाँसी–हाँसी राजीनामा दिएको घोषणा गर्दछु।”

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...