News Portal

  • कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    २१७ पटक

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। संसदको बैठकमै उभिएर उनले राजीनामाको घोषणा गर्दै आफ्नो अडान, विवादको पृष्ठभूमि र व्यक्तिगत धारणा खुलाएका थिए।

    निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि अवकाशपछि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ अनिवार्य गर्ने प्रावधान समितिबाट सर्वसम्मत पारित भए पनि अन्तिम प्रतिवेदनमा गम्भीर त्रुटि देखिएको संसदीय छानबिन समितिको निष्कर्षसँगै खतिवडा विवादमा तानिएका थिए। प्रतिवेदनमा त्रुटि देखिएपछि नैतिक जिम्मेवारीस्वरूप पद त्यागेको उनले स्पष्ट पारे।

    उनका अनुसार प्रतिवेदनको तयारीमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीको प्रत्यक्ष संलग्नता भए पनि अन्तिममा गहिरिएर नहेर्नु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन्। “यो त्रुटि समितिको सामूहिक हो, मात्र मेरो होइन,” खतिवडाको भनाइ थियो।

    खतिवडाले राष्ट्रिय सभामा एमालेका तर्फबाट ‘कुलिङ अफ पिरियड’ हटाउने संशोधन प्रस्ताव आएको स्मरण गर्दै गठबन्धनको अडान अझै बलियो रहेको र अन्ततः दुई वर्षको प्रावधानसहित विधेयक पारित हुने विश्वास व्यक्त गरे।

    राजीनामाको घोसणासँगै उनले आफू “कूटिल राजनीतिको सिकार” भएको आरोप पनि लगाए। “जसले कुलिङ अफ पिरियड चाहिन्छ भनेर अडिग रह्यो, उसलाई नै दोषी देखाउने प्रयास भइरहेको छ,” उनले भावुक हुँदै भने। संसदीय छानबिन प्रतिवेदनले कारबाहीको सिफारिस नगरेको र दोषी नठहर्याएको दाबी गर्दै उनले थपे, “जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था समितिको सभापतिबाट हाँसी–हाँसी राजीनामा दिएको घोषणा गर्दछु।”

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...