News Portal

राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

३९३ पटक

काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई प्रमुख जिम्मेवार ठहर गरेको छ। यसैको प्रभावस्वरूप खतिवडाले सभामुखसँग समय मागेर प्रतिनिधि सभाको बैठकमा राजीनामा दिने तयारी गरिरहेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरे र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग खतिवडाले भेटवार्ता गरेका थिए। छानबिन समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई गम्भीर त्रुटिका लागि दोषी सावित गरेको छ।

प्रतिवेदनले सभापति खतिवडाले परिमार्जित मस्यौदा प्रतिवेदन समितिका सदस्यहरूसँग छलफल नगरी अनौपचारिक बैठकमा निर्णय लिएर मिति २०८२/०२/१३ मा पेश गरेको देखिएको उल्लेख गरेको छ। यसबाट सभापतिको समन्वयकारी भूमिका कमजोर भएको ठहर गरिएको छ।

कानुनी रूपमा सभापतिको हस्ताक्षर मस्यौदामा भएकोले त्यसमा देखिएका त्रुटिहरूमा उनको उत्तरदायित्व रहेको प्रतिवेदनले प्रष्ट पारेको छ। त्यस्तै, समिति सचिव दुराको भूमिका पनि उपयुक्त नभएको, जिम्मेवारी पूरा नगरेको निष्कर्ष समितिले निकालेको छ।

प्रतिवेदनमा उल्लेख छ कि सम्बन्धित कर्मचारीहरूले ‘कुलिङ अफ पिरियड’ विषय हटाउन समूह बनाएर दबाब र लबिङ गर्दै आएको र सार्वजनिक रूपमा विपक्षमा उभिएको देखिनु भनेको पदीय आचरणको विपरीत भएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...