News Portal

राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

२५१ पटक

काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई प्रमुख जिम्मेवार ठहर गरेको छ। यसैको प्रभावस्वरूप खतिवडाले सभामुखसँग समय मागेर प्रतिनिधि सभाको बैठकमा राजीनामा दिने तयारी गरिरहेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरे र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग खतिवडाले भेटवार्ता गरेका थिए। छानबिन समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई गम्भीर त्रुटिका लागि दोषी सावित गरेको छ।

प्रतिवेदनले सभापति खतिवडाले परिमार्जित मस्यौदा प्रतिवेदन समितिका सदस्यहरूसँग छलफल नगरी अनौपचारिक बैठकमा निर्णय लिएर मिति २०८२/०२/१३ मा पेश गरेको देखिएको उल्लेख गरेको छ। यसबाट सभापतिको समन्वयकारी भूमिका कमजोर भएको ठहर गरिएको छ।

कानुनी रूपमा सभापतिको हस्ताक्षर मस्यौदामा भएकोले त्यसमा देखिएका त्रुटिहरूमा उनको उत्तरदायित्व रहेको प्रतिवेदनले प्रष्ट पारेको छ। त्यस्तै, समिति सचिव दुराको भूमिका पनि उपयुक्त नभएको, जिम्मेवारी पूरा नगरेको निष्कर्ष समितिले निकालेको छ।

प्रतिवेदनमा उल्लेख छ कि सम्बन्धित कर्मचारीहरूले ‘कुलिङ अफ पिरियड’ विषय हटाउन समूह बनाएर दबाब र लबिङ गर्दै आएको र सार्वजनिक रूपमा विपक्षमा उभिएको देखिनु भनेको पदीय आचरणको विपरीत भएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...