News Portal

भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

१९३ पटक

भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको ऐतिहासिक न्यातापोल मन्दिरअगाडि अप्रिय घटना घटेको छ। युवाहरूबीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल कारबाही गर्दै तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार भिडिओ सार्वजनिक भएसँगै प्रहरीको ध्यानाकर्षण भई घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरिएको हो। “हाल तीन जना पक्राउ परेका छन्, बाँकी संलग्नलाई पनि छिट्टै पक्राउ गर्ने कार्य भइरहेको छ,” उनले भने।

भिडिओमा युवाहरूले लाठी, मुक्का र लात्ती प्रयोग गर्दै आपसमा आक्रमण गरिरहेको देखिन्छ। यस क्रममा केही घाइते पनि भएको प्रहरीले जनाएको छ। यद्यपि, झडपको कारण भने अझै स्पष्ट भएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...