News Portal

भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

२३२ पटक

भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको ऐतिहासिक न्यातापोल मन्दिरअगाडि अप्रिय घटना घटेको छ। युवाहरूबीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल कारबाही गर्दै तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार भिडिओ सार्वजनिक भएसँगै प्रहरीको ध्यानाकर्षण भई घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरिएको हो। “हाल तीन जना पक्राउ परेका छन्, बाँकी संलग्नलाई पनि छिट्टै पक्राउ गर्ने कार्य भइरहेको छ,” उनले भने।

भिडिओमा युवाहरूले लाठी, मुक्का र लात्ती प्रयोग गर्दै आपसमा आक्रमण गरिरहेको देखिन्छ। यस क्रममा केही घाइते पनि भएको प्रहरीले जनाएको छ। यद्यपि, झडपको कारण भने अझै स्पष्ट भएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...