News Portal

रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

२८८ पटक

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ । अनुगमनको क्रममा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कोठामा वातानुकूलन यन्त्र (एसी) नरहेको र झ्याल प्लाईले पूर्ण रूपमा बन्द गरिएको पाइएको जनाएको छ ।

मानव अधिकार आयोगकी प्रवक्ता लिली थापाले कारागारभित्र कैदीहरूको संख्या क्षमताभन्दा बढी रहेको, शौचालयको संख्या अपर्याप्त रहेको र त्यहाँका शौचालयहरूको अवस्था पनि राम्रो नभएको जानकारी दिइन् ।

उनका अनुसार, रविलाई राखिएको कोठाको झ्याल टालिएको हुँदा त्यसबाट राम्रो हावा आउन नसकेको र कोठामा दुईवटा पंखा राखिएको छ — एक सामान्य चाइनिज पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो पंखा ।

जेल प्रशासनले सुरक्षा कारणले झ्याल टालिएको बताए पनि आयोगले झ्याल खोल्न आग्रह गर्दा प्रशासन तयार भएको बताइएको छ ।

मानव अधिकार आयोगले कारागारभित्र कैदीहरूको भौतिक सुविधा सुधार्न कारागार प्रशासनलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...