News Portal

अविरल वर्षापछि म्याग्दीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, यातायात ठप्प

१७६ पटक

म्याग्दी, साउन २६ – अविरल वर्षाका कारण सोमबार बिहानदेखि म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिर क्षेत्रमा खसेको पहिरोले सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक विशाल दर्जीका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूले डोजर परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेका छन्। तर, लगातार वर्षा र थप पहिरो खस्ने जोखिमका कारण काममा समस्या देखिएको छ।

सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका बीचको सिधा यातायात सेवा ठप्प भएको छ। त्यस्तै, प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द हुँदा स्थानीय बासिन्दा र पर्यटकहरू प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...