News Portal

अविरल वर्षापछि म्याग्दीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, यातायात ठप्प

२४३ पटक

म्याग्दी, साउन २६ – अविरल वर्षाका कारण सोमबार बिहानदेखि म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिर क्षेत्रमा खसेको पहिरोले सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक विशाल दर्जीका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूले डोजर परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेका छन्। तर, लगातार वर्षा र थप पहिरो खस्ने जोखिमका कारण काममा समस्या देखिएको छ।

सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका बीचको सिधा यातायात सेवा ठप्प भएको छ। त्यस्तै, प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द हुँदा स्थानीय बासिन्दा र पर्यटकहरू प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...