News Portal

जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

३१० पटक

काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको केन्द्रबिन्दुमा छ। भारतका गृह मन्त्री अमित शाहले शुक्रबार पुनौरा धाममा मन्दिर पुनर्निर्माणको शिलान्यास गरे, जसलाई उनीहरूले माता जानकीको जन्मस्थल मान्दै आएको भारतको स्पष्ट दाबीको रूपमा लिइएको छ।

बिहार सरकारको जुलाई १ मा अनुमोदित बजेट अनुसार मन्दिर परिसरको एकीकृत विकासका लागि ८८२.८७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसको करिब १३७ करोड रुपैयाँ पुरानो मन्दिर संरचना र आसपासको क्षेत्रमा खर्च गरिनेछ भने ७२८ करोड रुपैयाँ धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा लगाइने योजना छ।

केन्द्रीय मन्त्री गिरिराज सिंह र चिराग पासवानले पनि यो परियोजनालाई ऐतिहासिक पहल भन्दै स्वागत गरेका छन्। गृहमन्त्री अमित शाहले भने, ‘राम मन्दिर जस्तै, अब माता सीताको मन्दिर पनि बनाउने समय आएको छ,’ र यो कदम बिहारमा धार्मिक पर्यटनको नयाँ युगको सुरुवात रहेको बताउँछन्।

भारतले सन् २०२३ देखिको लामो समयदेखि यस स्थललाई जानकीको जन्मस्थलको रूपमा जोडतोडका साथ विकास गर्दै आएको छ। पुनौरा धामलाई रामायण सर्किटमा समावेश गर्दै यसको महत्व अझै व्यापक बनाउन भारत सरकार प्रतिबद्ध छ।

तर, यस कदमले नेपालस्थित जनकपुरधाममा रहेको ऐतिहासिक जानकी मन्दिरलाई चुनौती दिएको छ, जसले हाम्रो सांस्कृतिक र धार्मिक पहिचानको संवेदनशील पक्ष उठाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...