News Portal

देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रु वैकल्पिक मार्गमा धपाउन प्रहरीको आग्रह

३४४ पटक

काठमाडौं, साउन २५ — अविरल वर्षासँगै आएका बाढी र पहिरोका कारण देशका प्रमुख सात राजमार्ग पूर्णरूपमा ठप्प भएका छन्। नेपाल प्रहरीले आइतबार दिउँसो साढे ३ बजे सार्वजनिक गरेको विवरणअनुसार, थप सात स्थानका सडक एकतर्फी मात्र सञ्चालनमा छन्।

प्रहरीको जानकारीअनुसार, पूर्णरूपमा अवरुद्ध हुने राजमार्गमा कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटेखोला क्षेत्र, पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ र ३, साथै उत्तरगया–गल्छी–त्रिशुली सडक पर्छन्।

त्यस्तै, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी–कोदारी खण्ड, गण्डकी प्रदेशको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेली करिडोर सडकसमेत अहिले पूर्णरूपमा बन्द छन्।

प्रहरीले प्रभावित क्षेत्रमा रहेका यात्रु र स्थानीयलाई जोखिमपूर्ण आवागमन नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। मौसममा सुधार आएपछि मात्र सडक सुचारु गर्ने तयारी भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...