News Portal

दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

२३६ पटक

दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालका अनुसार पक्राउ पर्नेमा २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाही रहेका छन्। उनीहरूलाई शनिबार बेलुकी नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, शुक्रबार राति तीजको अवसरमा भएको नाचगान हेरेर घर फर्कँदै गर्दा पीडित बालिका र उनका साथीहरू जंगलनजिक पुगेका थिए। त्यही बेला आरोपितहरू उनीहरूलाई लखेट्दै अघि बढेका थिए। भाग्ने क्रममा ढुंगा प्रहार हुँदा बालिका लडेकी थिइन्। अनुसन्धानअनुसार, त्यसपछि बालिकामाथि जबर्जस्ती दुव्र्यवहार भएको जनाइएको छ।

घटनापछि पीडितसँगै गएका अन्य बालिकाहरू गाउँ पुगेर गाउँले र अभिभावकलाई जानकारी गराए। स्थानीयहरू घटनास्थल पुग्दा आरोपितहरू भागिसकेका थिए र पीडितलाई सडक किनारमै छोडिएको थियो।

पीडितको उद्धार गरी उपचारका लागि पठाइएको छ। अभिभावकको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर लालबहादुर सुनारले जानकारी दिए।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...