News Portal

दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

३५१ पटक

दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालका अनुसार पक्राउ पर्नेमा २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाही रहेका छन्। उनीहरूलाई शनिबार बेलुकी नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, शुक्रबार राति तीजको अवसरमा भएको नाचगान हेरेर घर फर्कँदै गर्दा पीडित बालिका र उनका साथीहरू जंगलनजिक पुगेका थिए। त्यही बेला आरोपितहरू उनीहरूलाई लखेट्दै अघि बढेका थिए। भाग्ने क्रममा ढुंगा प्रहार हुँदा बालिका लडेकी थिइन्। अनुसन्धानअनुसार, त्यसपछि बालिकामाथि जबर्जस्ती दुव्र्यवहार भएको जनाइएको छ।

घटनापछि पीडितसँगै गएका अन्य बालिकाहरू गाउँ पुगेर गाउँले र अभिभावकलाई जानकारी गराए। स्थानीयहरू घटनास्थल पुग्दा आरोपितहरू भागिसकेका थिए र पीडितलाई सडक किनारमै छोडिएको थियो।

पीडितको उद्धार गरी उपचारका लागि पठाइएको छ। अभिभावकको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर लालबहादुर सुनारले जानकारी दिए।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...