News Portal

कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र देउवासँग गम्भीर छलफल

३५९ पटक

विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । यो भेटघाटको मुख्य एजेन्डा भनेको मन्त्रिमण्डल फेरबदलको सम्भावित विषयवस्तु थियो ।

मुख्यमन्त्री कार्कीले अनलाइनखबरसँग भने, ‘राजनीतिक विषयमा विस्तृत छलफल भयो, सरकारका कामकाजसम्बन्धी रिपोर्टिङ पनि गरें’ । देउवासँगको भेटमा पनि प्रदेशको समग्र राजनीतिक अवस्था बारे जानकारी गराएको उल्लेख गरेका छन् ।

स्रोतका अनुसार, मन्त्री फेरबदलको विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाले मिलेर सल्लाह गरेर निर्णय गर्ने रणनीति तय गरेका छन् । ‘कोलिसन पाटनरहरूसँग सहमति नपुगेसम्म मन्त्री फेरबदल टुंगिँदैन’, स्रोतले थप जानकारी दियो ।

कोशी प्रदेशमा कांग्रेसभित्रै विवाद व्याप्त छ, जसले मन्त्री फेरबदलमा थप चुनौतीहरू उत्पन्न गरेको छ । प्रदेश सरकारमा समावेश कांग्रेस संसदीय दलका केही गुटबीच असहमतिका कारण मन्त्रिमण्डल पुनर्गठनका प्रयासहरू रोकिएका छन् ।

विशेषगरी, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचारको आरोप लागेपछि र कृषिमन्त्री खगेनसिं हाङगाम विवादमा परेपछि राजनीतिक दबाब बढेको छ ।

मुख्यमन्त्री कार्कीले पनि विवादमा परेका मन्त्रीहरूको आचारणलाई लिएर सार्वजनिक आलोचनालाई बेवास्ता गर्दै, समस्या समाधानका लागि फेरबदल अनिवार्य रहेको स्रोतले बताए । ‘मन्त्रीहरूको कार्यकाल सकिएपछि पार्टीको भागबन्डा अनुसार फेरबदल हुनेछ’, एमाले संसदीय दल स्रोतले भन्यो ।

वर्तमान विवाद र दबाबबीच कोशी प्रदेशको मन्त्रिमण्डल फेरबदल प्रक्रिया केही समयका लागि स्थगित भएको छ । तर निकट स्रोतहरूका अनुसार, यो स्थिति धेरै लामो समय टिक्ने सम्भावना कमै छ ।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...