News Portal

  • कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र देउवासँग गम्भीर छलफल

    ४५ पटक

    विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । यो भेटघाटको मुख्य एजेन्डा भनेको मन्त्रिमण्डल फेरबदलको सम्भावित विषयवस्तु थियो ।

    मुख्यमन्त्री कार्कीले अनलाइनखबरसँग भने, ‘राजनीतिक विषयमा विस्तृत छलफल भयो, सरकारका कामकाजसम्बन्धी रिपोर्टिङ पनि गरें’ । देउवासँगको भेटमा पनि प्रदेशको समग्र राजनीतिक अवस्था बारे जानकारी गराएको उल्लेख गरेका छन् ।

    स्रोतका अनुसार, मन्त्री फेरबदलको विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाले मिलेर सल्लाह गरेर निर्णय गर्ने रणनीति तय गरेका छन् । ‘कोलिसन पाटनरहरूसँग सहमति नपुगेसम्म मन्त्री फेरबदल टुंगिँदैन’, स्रोतले थप जानकारी दियो ।

    कोशी प्रदेशमा कांग्रेसभित्रै विवाद व्याप्त छ, जसले मन्त्री फेरबदलमा थप चुनौतीहरू उत्पन्न गरेको छ । प्रदेश सरकारमा समावेश कांग्रेस संसदीय दलका केही गुटबीच असहमतिका कारण मन्त्रिमण्डल पुनर्गठनका प्रयासहरू रोकिएका छन् ।

    विशेषगरी, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचारको आरोप लागेपछि र कृषिमन्त्री खगेनसिं हाङगाम विवादमा परेपछि राजनीतिक दबाब बढेको छ ।

    मुख्यमन्त्री कार्कीले पनि विवादमा परेका मन्त्रीहरूको आचारणलाई लिएर सार्वजनिक आलोचनालाई बेवास्ता गर्दै, समस्या समाधानका लागि फेरबदल अनिवार्य रहेको स्रोतले बताए । ‘मन्त्रीहरूको कार्यकाल सकिएपछि पार्टीको भागबन्डा अनुसार फेरबदल हुनेछ’, एमाले संसदीय दल स्रोतले भन्यो ।

    वर्तमान विवाद र दबाबबीच कोशी प्रदेशको मन्त्रिमण्डल फेरबदल प्रक्रिया केही समयका लागि स्थगित भएको छ । तर निकट स्रोतहरूका अनुसार, यो स्थिति धेरै लामो समय टिक्ने सम्भावना कमै छ ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

    काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको...

    देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रु वैकल्पिक मार्गमा धपाउन प्रहरीको आग्रह

    काठमाडौं, साउन २५ — अविरल वर्षासँगै आएका बाढी र पहिरोका कारण देशका प्रमुख सात राजमार्ग...

    दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

    दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको...

    पशुपति आर्यघाटमा शव जलाउने क्रममा मासु र हड्डी निकालिएको घटनामा ब्राह्मण पक्राउ

    काठमाडौं, साउन २५ – पशुपति आर्यघाटमा जलाउन लगिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक...

    कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र देउवासँग गम्भीर छलफल

    विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र...