News Portal

जनकपुरको थापाचोकमा रेल र कार ठोक्किँदा मानवीय क्षति भएन

१७७ पटक

जनकपुरधाम, साउन २५ – जनकपुरको थापाचोक क्षेत्रमा आइतबार बिहान रेल र कार एकआपसमा ठोक्किने घटना भएको छ। भांगहाबाट जनकपुरतर्फ गुडिरहेको रेल र थापाचोकतर्फबाट जानकी मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारबीच रेलवे लिक क्रस गर्ने क्रममा टक्कर भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ। प्रत्यक्षदर्शीहरूका भनाइअनुसार कार चालकले लिक क्रस गर्ने प्रयास गर्दा रेल नजिक आइपुगेको र त्यही क्रममा दुर्घटना भएको हो।

सौभाग्यवश, यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन। प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...