News Portal

  • दाउद इब्राहिमका सहयोगी ‘सलीम पिस्टल’ काठमाडौंमा पक्राउ, भारतलाई हस्तान्तरण

    १६९ पटक

    काठमाडौं, साउन २५ — अन्तर्राष्ट्रिय अपराध संसारमा दाउद इब्राहिमको निकट सहयोगी मानिने शेख सलीम उर्फ सलीम पिस्टल नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष सुराकीका आधारमा पाँच दिनअघि काठमाडौंबाट उनलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीको जिम्मा लगाएको हो।

    भारतको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सलीम लामो समयदेखि आपराधिक समूहहरूलाई हतियार आपूर्ति गर्दै आएको आरोप छ। पहिचान लुकाएर काठमाडौंमा बस्दै आएका उनको गतिविधिबारे भारतीय प्रहरीमार्फत प्राप्त सूचनाअनुसार नेपाल प्रहरीले निगरानी बढाउँदै कारबाही अघि बढाएको हो।

    प्रहरी स्रोतका अनुसार नेपाल–भारतबीचको आपराधिक अनुसन्धान तथा सुरक्षा सहकार्यका क्रममा यस प्रकारको संयुक्त अपरेशन समय–समयमा सञ्चालन हुँदै आएको छ। भारतीय मिडियाले पनि सलीमलाई नेपालमा पक्राउ गरी औपचारिक प्रक्रियासहित भारत पठाइएको पुष्टि गरेका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...