News Portal

आत्मनिर्भर बनाउने एक महिने तालिम सम्पन्न

२७१ पटक

रविन्द्र बराल/ मोरङ, साउन २५ – मोरङको रंगेली–६ मा रहेको गृह श्रमिक सृजनशील महिला समाज नेपालको आयोजनामा तथा टेवा थापा खेल संस्थाको सहयोगमा रंगेली नगरपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन उद्देश्य राखी एक महिने एड्भान्स तालिम सम्पन्न गरिएको छ।

‘संस्थागत विकास र दिगोपन’ भन्ने मूल नारासहित रंगेलीस्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा यो सीपमूलक कार्यक्रम सञ्चालन गरिएको थियो। तालिममा सहभागी महिलाहरूले बाँसबाट विभिन्न प्रकारका सामग्री बनाएर प्रदर्शनसमेत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य यसोधा कायस्थ, विशिष्ट अतिथि उपमेयर भूमा पराजुली, वडा अध्यक्ष सुजित मण्डल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, संस्थाकी अध्यक्ष शान्ता श्रेष्ठ, अमृता राय, उषा कुवँर, स्थानीय बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा सहभागीहरूले एक महिनाको तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मद्दत गरेको र त्यसप्रति खुशी व्यक्त गरे। प्रशिक्षक गोपाल तामाङका अनुसार, बाँसको चोया तथा जराबाट आधुनिक सजावटका सामग्री निर्माण गरिएका छन्। ती सामग्री स्थानीयस्तरमै बिक्री वितरण गर्ने योजना रहेको र बिक्री नभएको अवस्थामा आफूले बजार व्यवस्थापनका लागि पहल गर्ने विश्वास दिलाए।

तालिममा सहभागीहरूले सोफा, कुर्सी, टेबल, बक्सा, किस्त, गिलास, चराको पिँजडा, फोटो फ्रेम, सजावटी चरा लगायतका सामग्रीहरू निर्माण गरेका थिए। साथै, अतिथिहरूलाई मायाको चिनोस्वरूप सहभागीहरूले बनाएका विभिन्न सामग्री हस्तान्तरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...