News Portal

  • पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    १४७ पटक

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहभागी गराई हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। उक्त प्रतियोगिता पब्लिक माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।

    मञ्चले माध्यमिक तहका विद्यालयका छात्र–छात्रालाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको थियो। प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय, गणेश माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, महालक्ष्मी विद्यालयलगायत १३ वटा विद्यालयको सहभागिता रहेको थियो।

    हाजिरी जवाफ प्रतियोगितामा सामाजिक, आर्थिक, राजनीतिक लगायतका विषयमा विद्यार्थीहरूलाई प्रश्न–उत्तर सोधिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रङ्गेलीका मेयर दिलीप बगडिया, विशिष्ट अतिथि श्यामलाल शर्मा, मंगलचन्द अग्रवाल, विद्यार्थी मञ्चका अध्यक्ष मनोज अग्रवाल, संयोजक विकर्ण कार्की, इन्जिनियर कमलेश्वर ठाकुर, धर्मेध्वज पौडेल, अरविन्द कुमार साह, द्रोणाचार्य रेग्मी, अखिलेश दास, पुनम सापकोटा, सिताराम मण्डल तथा विभिन्न विद्यालयका शिक्षकहरूको समेत सहभागिता रहेको थियो।

    प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय प्रथम, महालक्ष्मी माध्यमिक विद्यालय द्वितीय, महेन्द्र माध्यमिक विद्यालय तृतीय तथा पब्लिक माध्यमिक विद्यालयलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई सिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि दिलीप बगडियाले पूर्व विद्यार्थी मञ्चले यस्तो कार्यक्रम आयोजना गरेर नगरपालिकाका विद्यार्थीहरूको क्षमता उजागर गर्न मात्र नभई नगरपालिकाको दृष्टिकोण पनि फराकिलो बनाएको टिप्पणी गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...