News Portal

पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

२६४ पटक

रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहभागी गराई हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। उक्त प्रतियोगिता पब्लिक माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।

मञ्चले माध्यमिक तहका विद्यालयका छात्र–छात्रालाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको थियो। प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय, गणेश माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, महालक्ष्मी विद्यालयलगायत १३ वटा विद्यालयको सहभागिता रहेको थियो।

हाजिरी जवाफ प्रतियोगितामा सामाजिक, आर्थिक, राजनीतिक लगायतका विषयमा विद्यार्थीहरूलाई प्रश्न–उत्तर सोधिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रङ्गेलीका मेयर दिलीप बगडिया, विशिष्ट अतिथि श्यामलाल शर्मा, मंगलचन्द अग्रवाल, विद्यार्थी मञ्चका अध्यक्ष मनोज अग्रवाल, संयोजक विकर्ण कार्की, इन्जिनियर कमलेश्वर ठाकुर, धर्मेध्वज पौडेल, अरविन्द कुमार साह, द्रोणाचार्य रेग्मी, अखिलेश दास, पुनम सापकोटा, सिताराम मण्डल तथा विभिन्न विद्यालयका शिक्षकहरूको समेत सहभागिता रहेको थियो।

प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय प्रथम, महालक्ष्मी माध्यमिक विद्यालय द्वितीय, महेन्द्र माध्यमिक विद्यालय तृतीय तथा पब्लिक माध्यमिक विद्यालयलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई सिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि दिलीप बगडियाले पूर्व विद्यार्थी मञ्चले यस्तो कार्यक्रम आयोजना गरेर नगरपालिकाका विद्यार्थीहरूको क्षमता उजागर गर्न मात्र नभई नगरपालिकाको दृष्टिकोण पनि फराकिलो बनाएको टिप्पणी गरेका छन्।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...