News Portal

सर्लाहीमा विद्यालय बस दुर्घटनामा १३ वर्षीय विद्यार्थीको दुःखद निधन

२९७ पटक

सर्लाही, साउन २३ – सर्लाहीको बरहथवामा भएको एक दुःखद घटनामा विद्यालय बसको ढोकाबाट खस्दा १३ वर्षीय विद्यार्थीको ज्यान गएको छ। धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका पुत्र तथा कायाकल्प एकेडेमीका कक्षा ३ का विद्यार्थी फैजान शेखको बिहीबार अपराह्न ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ग १ ख ९५६८ नम्बरको विद्यालय बस बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक हुँदै गुडिरहेको अवस्थामा ढोकामा उभिएका फैजान अचानक लडेर गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई बरहथवाको संकटमोचन अस्पताल लगिएको भए पनि अवस्थाको गम्भीरता देखेर वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो। उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यस घटनापछि बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...