News Portal

  • सर्लाहीमा विद्यालय बस दुर्घटनामा १३ वर्षीय विद्यार्थीको दुःखद निधन

    १४१ पटक

    सर्लाही, साउन २३ – सर्लाहीको बरहथवामा भएको एक दुःखद घटनामा विद्यालय बसको ढोकाबाट खस्दा १३ वर्षीय विद्यार्थीको ज्यान गएको छ। धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका पुत्र तथा कायाकल्प एकेडेमीका कक्षा ३ का विद्यार्थी फैजान शेखको बिहीबार अपराह्न ज्यान गएको हो।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ग १ ख ९५६८ नम्बरको विद्यालय बस बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक हुँदै गुडिरहेको अवस्थामा ढोकामा उभिएका फैजान अचानक लडेर गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई बरहथवाको संकटमोचन अस्पताल लगिएको भए पनि अवस्थाको गम्भीरता देखेर वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो। उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    यस घटनापछि बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...