News Portal

भरतपुर अस्पतालमा स्तनपान प्रवर्द्धनको सशक्त पहल, ‘मिल्क बैंक’ विस्तारको तयारी

३५३ पटक

चितवन, साउन २२ – काठमाडौँको प्रसूति गृहपछिको दोस्रो प्रमुख मातृस्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने भरतपुर अस्पताल पछिल्ला दिनमा स्तनपान प्रवर्द्धनमा विशेष सक्रिय देखिएको छ। विश्व स्तनपान सप्ताहको अवसर पारेर अस्पतालले ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने नारालाई आत्मसात गर्दै, आमाकाे दूधको महत्वलाई अझ मजबुत ढंगले उजागर गर्ने रणनीति अपनाएको छ।

अस्पतालले सुत्केरी महिलाका लागि विशेष परामर्श कक्ष स्थापना गरेको छ भने निकट भविष्यमा ‘मिल्क बैंक’ विस्तार गर्ने तयारी पनि थालिएको छ। वर्षैपिच्छे हजारौँ गर्भवती महिलाले सेवा लिने यो अस्पतालमा, गत वर्ष मात्र ८ हजार ३१८ महिलाले प्रसूति सेवा लिएका थिए।

त्यसमध्ये ५२.४५ प्रतिशतले सामान्य तरिकाबाट बच्चा जन्माएका थिए भने ४५.२८ प्रतिशत महिलाको शल्यक्रियामार्फत प्रसूति भएको थियो। बाँकी २.२६ प्रतिशतमा जटिल अवस्थामा सन्तान जन्मिएको अस्पताल प्रशासनले जनाएको छ।

बढ्दो भ्रान्ति र बदलिँदो जीवनशैलीको असर

मुख्य मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय केही आमाहरू आधुनिक जीवनशैली र विभिन्न भ्रान्तिका कारण स्तनपान गर्न हिच्किचाउने प्रवृत्ति बढेको देखिन्छ। तर, उनको भनाइमा यस्तो धारणा पूर्णतः गलत हो। “हामी अस्पतालमा जन्मने हरेक शिशुलाई आमाकै दूध खुवाउने वातावरण बनाउन प्रतिबद्ध छौँ,” उनले बताए।

प्रविधिसहितको सेवा र सचेतनामूलक परामर्श

स्तनपान परामर्श कक्ष तथा ल्याक्टेसन म्यानेजमेन्ट युनिटमा कार्यरत काउन्सिलर सकुन्तला ढकाल भन्छिन्, “कतिपय आमाहरूमा स्तन गाँसिने समस्या हुन्छ भने केहीले बच्चालाई राम्ररी दूध चुसाउन सक्दैनन्। यस्ता अवस्थामा विशेष मेसिनको सहयोगमा दूध निकालिन्छ, आवश्यकतानुसार त्यसलाई भण्डारण वा सिधै प्रयोग गरिन्छ।”

परामर्शदाताहरूले ती आमाहरूलाई स्तनपानको महत्व, नवजातको स्वास्थ्यमा पर्ने सकारात्मक असर र पोषणको वैज्ञानिक पक्षबारे बुझाउने काम गर्दै आएका छन्।

स्तनपान : शिशु स्वास्थ्यको मेरुदण्ड

वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलका अनुसार, आमाको दूधले बच्चाको शारीरिक मात्र नभई मानसिक विकासमा समेत अत्यन्त ठूलो भूमिका खेल्दछ। उनले भने, “आमाको दूधमा पाइने सम्पूर्ण पोषकतत्वले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ र कुपोषण हटाउन महत्त्वपूर्ण हुन्छ।”

भरतपुर अस्पतालको यो अभियान केवल सेवा होइन, मातृत्व र शिशु स्वास्थ्यप्रति उत्तरदायित्व बोक्ने प्रयास पनि हो। स्तनपानलाई जीवनको प्रारम्भिक शिक्षा मान्दै, विज्ञान र परम्पराको समिश्रणबाट भरतपुर अस्पतालले स्वास्थ्य क्षेत्रमै एउटा सशक्त दृष्टान्त स्थापना गर्न लागेको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...