News Portal

भरतपुर अस्पतालमा स्तनपान प्रवर्द्धनको सशक्त पहल, ‘मिल्क बैंक’ विस्तारको तयारी

२३७ पटक

चितवन, साउन २२ – काठमाडौँको प्रसूति गृहपछिको दोस्रो प्रमुख मातृस्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने भरतपुर अस्पताल पछिल्ला दिनमा स्तनपान प्रवर्द्धनमा विशेष सक्रिय देखिएको छ। विश्व स्तनपान सप्ताहको अवसर पारेर अस्पतालले ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने नारालाई आत्मसात गर्दै, आमाकाे दूधको महत्वलाई अझ मजबुत ढंगले उजागर गर्ने रणनीति अपनाएको छ।

अस्पतालले सुत्केरी महिलाका लागि विशेष परामर्श कक्ष स्थापना गरेको छ भने निकट भविष्यमा ‘मिल्क बैंक’ विस्तार गर्ने तयारी पनि थालिएको छ। वर्षैपिच्छे हजारौँ गर्भवती महिलाले सेवा लिने यो अस्पतालमा, गत वर्ष मात्र ८ हजार ३१८ महिलाले प्रसूति सेवा लिएका थिए।

त्यसमध्ये ५२.४५ प्रतिशतले सामान्य तरिकाबाट बच्चा जन्माएका थिए भने ४५.२८ प्रतिशत महिलाको शल्यक्रियामार्फत प्रसूति भएको थियो। बाँकी २.२६ प्रतिशतमा जटिल अवस्थामा सन्तान जन्मिएको अस्पताल प्रशासनले जनाएको छ।

बढ्दो भ्रान्ति र बदलिँदो जीवनशैलीको असर

मुख्य मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय केही आमाहरू आधुनिक जीवनशैली र विभिन्न भ्रान्तिका कारण स्तनपान गर्न हिच्किचाउने प्रवृत्ति बढेको देखिन्छ। तर, उनको भनाइमा यस्तो धारणा पूर्णतः गलत हो। “हामी अस्पतालमा जन्मने हरेक शिशुलाई आमाकै दूध खुवाउने वातावरण बनाउन प्रतिबद्ध छौँ,” उनले बताए।

प्रविधिसहितको सेवा र सचेतनामूलक परामर्श

स्तनपान परामर्श कक्ष तथा ल्याक्टेसन म्यानेजमेन्ट युनिटमा कार्यरत काउन्सिलर सकुन्तला ढकाल भन्छिन्, “कतिपय आमाहरूमा स्तन गाँसिने समस्या हुन्छ भने केहीले बच्चालाई राम्ररी दूध चुसाउन सक्दैनन्। यस्ता अवस्थामा विशेष मेसिनको सहयोगमा दूध निकालिन्छ, आवश्यकतानुसार त्यसलाई भण्डारण वा सिधै प्रयोग गरिन्छ।”

परामर्शदाताहरूले ती आमाहरूलाई स्तनपानको महत्व, नवजातको स्वास्थ्यमा पर्ने सकारात्मक असर र पोषणको वैज्ञानिक पक्षबारे बुझाउने काम गर्दै आएका छन्।

स्तनपान : शिशु स्वास्थ्यको मेरुदण्ड

वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलका अनुसार, आमाको दूधले बच्चाको शारीरिक मात्र नभई मानसिक विकासमा समेत अत्यन्त ठूलो भूमिका खेल्दछ। उनले भने, “आमाको दूधमा पाइने सम्पूर्ण पोषकतत्वले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ र कुपोषण हटाउन महत्त्वपूर्ण हुन्छ।”

भरतपुर अस्पतालको यो अभियान केवल सेवा होइन, मातृत्व र शिशु स्वास्थ्यप्रति उत्तरदायित्व बोक्ने प्रयास पनि हो। स्तनपानलाई जीवनको प्रारम्भिक शिक्षा मान्दै, विज्ञान र परम्पराको समिश्रणबाट भरतपुर अस्पतालले स्वास्थ्य क्षेत्रमै एउटा सशक्त दृष्टान्त स्थापना गर्न लागेको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...