News Portal

धरालीमा विनाशकारी बाढी : चारको ज्यान गयो, कैयौं अझै बेपत्ता

२५७ पटक

काठमाडौं, साउन २० – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँ भीषण प्राकृतिक प्रकोपको चपेटामा परेको छ। खीरगंगा नदीको माथिल्लो भेगमा बादल फाटेपछि आएको डरलाग्दो बाढीले गाउँमा ठुलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ।

प्राप्त विवरणअनुसार, बाढीमा परेर कम्तीमा चार जनाको ज्यान गएको पुष्टि भएको छ भने कैयौं स्थानीयहरू अझै सम्पर्कविहीन छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले बेपत्ता भएकाको संख्या थपिन सक्ने आशंका गरिएको छ।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त अर्याले टाइम्स अफ इन्डिया सँगको कुराकानीमा चार जनाको मृत्यु पुष्टि गरेका छन्। उनका अनुसार लेदो मिसिएको तीव्र बाढीले त्यहाँका गेस्ट हाउस, होटल र रेस्टुरेन्टजस्ता भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

घटनापछि उद्धारका लागि भारतको सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) र राज्य विपद् प्रतिक्रिया बल (SDRF) का टोलीहरू परिचालन गरिएको छ। उद्धार कार्य चाँडो र प्रभावकारी बनाउन सबै एजेन्सीहरू समन्वयमा खटिएको अधिकारीहरूले जनाएका छन्।

भारतका गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग टेलिफोन वार्ता गर्दै धराली क्षेत्रमा बादल फाटेर भएको विनाशप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले केन्द्र सरकार आवश्यक सहयोगका लागि तयार रहेको जानकारी पनि दिएका छन्।

धराली गाउँमा यो आपत्कालीन बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ भने स्थानीयहरू त्रासमा बाँच्न बाध्य भएका छन्। मौसम विभागले अझै केही दिन भारी वर्षाको सम्भावना रहेकाले थप सतर्कता अपनाउन अपील गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...