News Portal

साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

३२८ पटक

पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार पोखराबाट नियन्त्रणमा लिएको छ। कास्कीको लेकसाइड क्षेत्रबाट वाइबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार वाइबामाथि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो। सोही आदेशका आधारमा पोखराबाट नियन्त्रणमा लिइएकी उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

डीएसपी बस्नेतका अनुसार, “काठमाडौँ अदालतबाट पक्राउ आदेश आएको रहेछ, त्यसैअनुसार हामीले पोखराबाट पक्राउ गरेका हौँ। अब अनुसन्धानका लागि काठमाडौं पठाउँदै छौँ।”

वाइबा पछिल्लो समय सामाजिक सञ्जालमा आफूलाई अभियन्ताका रूपमा चिनाउँदै विभिन्न विषयमा अभिव्यक्ति दिँदै आइरहेकी थिइन्। तर, प्रहरी स्रोतका अनुसार उनीमाथि दर्ता भएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले काठमाडौं पुर्‍याएर वाइबामाथि म्याद थप गरी आवश्यक अनुसन्धान गर्ने जनाएको छ। यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...