News Portal

साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

२६२ पटक

पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार पोखराबाट नियन्त्रणमा लिएको छ। कास्कीको लेकसाइड क्षेत्रबाट वाइबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार वाइबामाथि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो। सोही आदेशका आधारमा पोखराबाट नियन्त्रणमा लिइएकी उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

डीएसपी बस्नेतका अनुसार, “काठमाडौँ अदालतबाट पक्राउ आदेश आएको रहेछ, त्यसैअनुसार हामीले पोखराबाट पक्राउ गरेका हौँ। अब अनुसन्धानका लागि काठमाडौं पठाउँदै छौँ।”

वाइबा पछिल्लो समय सामाजिक सञ्जालमा आफूलाई अभियन्ताका रूपमा चिनाउँदै विभिन्न विषयमा अभिव्यक्ति दिँदै आइरहेकी थिइन्। तर, प्रहरी स्रोतका अनुसार उनीमाथि दर्ता भएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले काठमाडौं पुर्‍याएर वाइबामाथि म्याद थप गरी आवश्यक अनुसन्धान गर्ने जनाएको छ। यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...