News Portal

तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

१९३ पटक

विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा, मोरङ र सुनसरी जिल्लामा सक्रिय यो समूहले कुल २२ वटा ट्रान्सफर्मर चोरेको अभियोगमा १२ जनालाई पक्राउ गरिएको हो।

गत माघ १५ यता एकपछि अर्को गर्दै ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएपछि कोशी प्रदेश प्रहरी र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूको संयुक्त टोली परिचालन गरिएको थियो। विशेष निगरानी र सूचनाको आधारमा प्रहरी अन्ततः चोरीमा संलग्न समूहलाई समात्न सफल भएको हो।

प्रहरी अनुसन्धानबाट खुलेको विवरण अनुसार, चोरीमा संलग्न सात जना अभियुक्तहरूमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङ बेलबारी–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र भारतको बासिन्दा भई हाल दुहबी–४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिया रहेका छन्।

उक्त समूहले कृषि प्रयोजनका लागि प्रयोग गरिएका ट्रान्सफर्मरहरूलाई मुख्य रूपमा लक्षित गर्दै एकान्त स्थानमा राखिएका ट्रान्सफर्मर चोरी गर्ने गरेको प्रहरीको भनाइ छ।

त्यस्तै, चोरी गरिएका ट्रान्सफर्मर तथा तिनका सामग्रीहरू खरिद गर्ने पाँच जना कारोबारीहरू पनि पक्राउ परेका छन्। उनीहरूमा विराटनगर–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी–४ का ३९ वर्षीय सिताराम राई रहेका छन्।

यो गिरोहले हालसम्म २ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका ट्रान्सफर्मर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

चोरीमा प्रयोग गरिएका सामग्रीहरू समेत प्रहरीले बरामद गरेको छ। तीमध्ये २२ थान डायल रेञ्च, ३ थान सलाई रेञ्च, ३ थान पिलास, ३ थान पेचकस, १ थान छिनो, १ थान साङली, १ थान कैची, ३ थान ह्याक्सो ब्लेड रहेका छन्। साथै, चोरीका क्रममा प्रयोग गरिएका ६ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन ९ गते मोरङको रंगेली नगरपालिका–९ स्थित इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरीको प्रयासमा रहेका अर्जुनकुमार थारु पक्राउ परेपछि घटनाको तानाबाना क्रमशः खुल्दै गएको हो। त्यसपछि प्रहरीको टोलीले थप अनुसन्धान गर्दै सम्पूर्ण गिरोहलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ भने प्रहरीले यो घटनालाई ठूलो संगठित अपराधका रूपमा हेरेर थप कारबाहीको तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...