News Portal

कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

१९९ पटक

बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिइन्। प्रारम्भिक अनुसन्धानपछि आत्महत्या दुरुत्साहनको आरोपमा उनका श्रीमान् पवन भट्ट, सासू किरण भट्ट र ससुरा हरिदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्झनाको मृत्युको विषयमा माइती पक्षले दर्ता गराएको जाहेरीको आधारमा श्रीमान् पवनलाई पहिलो चरणमा नियन्त्रणमा लिइएको थियो। त्यसपछि क्रमशः सासू-ससुरा समेत पक्राउ परेका हुन्। घटनासँग सम्बन्धित तीनै जनालाई कञ्चनपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेर हिरासतमा राखिएको छ।

प्रहरी नायब उपरीक्षक सागर बोहराले हिमाली सञ्चारलाई जानकारी दिँदै भने, “श्रीमान्, सासू र ससुरालाई आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।”

परिवारमा भएको निरन्तर मानसिक यातना, दाइजोको निहुँमा घरेलु हिंसा र भावनात्मक अत्याचारका कारण सम्झनाले ज्यान लिएको माइती पक्षको दाबी छ। सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए।

शनिबार भएको पारिवारिक झगडापछि दुवै जनाले बेलडाँडी प्रहरी चौकीमा पुगेर उजुरीसमेत गरेका थिए। प्रहरीले उनीहरूलाई समझाइबुझाई गरेर घर फर्काएको थियो। तर, त्यसको भोलिपल्ट सम्झना मृत अवस्थामा भेटिएकी हुन्।

हाल मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...