News Portal

  • भारतले बाँधको ढोका खोल्दा महाकालीमा उर्लियो बाढी, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    २०३ पटक

    दार्चुला, साउन २० – भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएपछि महाकाली नदीमा पानीको बहाव एकाएक बढेको छ। जलप्रवाहमा आएको तीव्र वृद्धिसँगै नेपालतर्फको दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका तटीय बस्तीहरू उच्च जोखिममा परेका छन्।

    बाँधको ढोका आज बिहानै खोलिएको भारतीय सूचनाका आधारमा महाकालीको पानीले तटीय क्षेत्रहरू प्रभावित पार्न थालेको छ। यही कारण दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त रूपमा सूचना जारी गर्दै नदी किनारमा बसोबास गर्ने समुदायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

    दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म नदीको जलस्तर बढ्ने सम्भावना रहेको छ। व्यास गाउँपालिका–५ स्थित धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने बताइएको छ।

    यसैबीच, बैतडीका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले पनि महाकालीको किनार क्षेत्रमा पर्ने सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई नदीबाट टाढा रहन निर्देशन दिएका छन्।

    सवारी आवागमनमा प्रतिबन्ध

    महाकाली नदीको बहाव अत्यधिक बढेपछि कञ्चनपुरमा रहेको पक्की पुलमा चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, महाकालीमा बहाव प्रति सेकेण्ड एक लाख दुई हजार ७४२ क्युसेक पुगेपछि आज बिहानैदेखि पुलमा सवारी रोकिएको हो।

    प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएअनुसार, निर्धारित सीमा नाघ्नेबित्तिकै पुलमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ, र अहिले पनि त्यही नियमअनुसार निर्णय लिइएको हो।

    सतर्कताको बिन्दुमा जलस्तर

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले दिएको पछिल्लो तथ्यांकअनुसार, दार्चुलाको दत्तु क्षेत्रको पानीको सतह अहिले सतर्कताको बिन्दुनजिक पुगेको छ। यदि बाँकी दिनमा थप वर्षा भएमा जोखिम अझै बढ्ने सम्भावना प्रबल रहेको विज्ञहरूले जनाएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...